हामी परिक्षण प्रसारणमा छौ



सल्यान, ६ माघ । सल्यानकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा दोस्रो पटक स्वर्ण पदक जित्नुभएको छ ।

सल्यानको शारदा नगरपालिका वडा नम्बर १४ घर भएकि पुस्पाले शुक्रबार बिहान बंगलादेशको ढाकामा सम्पन्न म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा २ घण्टा ४८ मिनेट २ सेकेण्डको टाइमिङसहित पुष्पाले स्वर्ण जित्नुभएको हो ।

पुष्पाले ४२.१९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भइन । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् ।

नेपालकै विन्द्रा धानके श्रेष्ठले तेस्रो स्थान हात पार्दा श्रीलंकाकी सुजनी परेराले रजत पदक जित्नुभयो । पुष्पाले सुजनीलाई २० सेकेण्डले पछि पार्दै स्वर्ण जित्नुभएको हो ।

पुष्पाले यसअघि सन् २०२१ मा पनि स्वर्ण पदक जित्नुभएको थियो । २०२२ मा भने उहाँले कास्य पदक मात्र हात पार्नुभएको थियो ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार, ,  ३ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्