हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । सरकारले एकै पटक सल्यान लगायत ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारी सहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

सरुवा हुनेहरुमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशक सम्म रहेको गृहमन्त्रालयले जनाएको छ। जसअनुसार सल्यानका सिडिओ विपिन आचार्यको बाँके जिल्लामा सरुवा भएको छ। हिजो शुक्रबार उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ । अब सल्यानमा नयाँ सिडियोको रुपमा यसअघि ईलाका प्रशासन कार्यालय साँखु काठमाडौंमा कार्यरत कृष्णचन्द पौडेल आउने गृहमन्त्रालयले जनाएको छ।

यसैगरी छिमेकी जिल्ला दाङको प्रमुख जिल्ला अधिकारी  हिरालाल रेग्मीको पर्सामा सरुवा भएको छ भने दाङमा नयाँ सिडिओको रुपमा यसअघि लमजुङमा कार्यरत सुशिल बैद्य आउने हुनुभएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार, ,  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्