हामी परिक्षण प्रसारणमा छौ

प्रचण्ड‐नेपाल समूहद्धारा शारदा नगरपालिका वडा नम्बर ४ र ५ मा नेतृत्व चयन

४ नम्बर वडा अध्यक्षमा सुरेन्द्र कंवर र ५ मा हेमराज थापा चयन



सल्यान । प्रचण्ड‐नेपाल समूहद्धारा सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ र ५ को वडा कमिटीको सपथ ग्रहण तथा पार्टी प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । शारदा नगरपालिका वडा नम्बर ४ मा सुरेन्द्र कंवर अध्यक्ष र शान्ता नेपाली सचिव रहेको २९ सदस्यीय वडा कमिटी चयन भएको छ ।

यस्तै वडा नम्बर ५ मा हेमराज थापा अध्यक्ष र बालकृष्ण यरी सचिव रहेको २९ सदस्यीय वडा कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सपथ ग्रहन कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले प्रचण्ड नेपाल पक्षमा एकताबद्ध हुन आम कार्यकर्ताहरुमा आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमका कारण अहिलेको अबस्था सिर्जना भएको बताउदैँ उनले आमकार्यकर्ताको साथमा आफुहरु भएकाले विचल्ली नभएर पार्टीमा आबद्ध हुन आग्रह गरेका थिए ।

कार्यक्रमलाई नेकपाका प्रदेश कमिटी सदस्य तथा शारदा नगर कमिटी इन्चार्ज धिरेन्द्र श्रेष्ठ, प्रदेश कमिटी सदस्य तथा कालीमाटी गाउँ कमिटी इन्चार्ज तिलक मल्ल, शारदा नगर कमिटी अध्यक्ष नविन सिंह भँडेल, जिल्ला कमिटी सदस्यहरु रमेश कुमार गौतम, राम खड्की, प्रमोद श्रेष्ठ, निम बहादुर नेपाली, कल्पना सेजवाल, सन्तोष राई, नगर कमिटी सचिव यौवन प्रकाश श्रेष्ठ, शिक्षक संगठनका मधुसुदन शर्मा, किशोर कुमार हमाल लगाएतले सम्बोधन गरेका थिए ।

वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र कंवरको अध्यक्षतामा भएको कार्यक्रममा हेमराज थापाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नर वहादुर कवरले गरेका थिए । सोही कार्यक्रममा नेपाली काँग्रेसका क्रियाशिल सदस्य रोषण बिष्ट सहितको टोलीले पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेको छ । काँग्रेस जनभावना अनुसार अगाडी बढ्न नसकेको भन्दै बिष्टको नेतृत्वमा ९ जनाको टोली आज नेकपामा प्रवेश गरेको हो ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार, ,  १० : ४९ बजे

प्रतिक्रिया दिनुहोस्