हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ बागचौर नगरपालिकाकाे दाेस्राे नगर अधिवेशनबाट जय प्रकाश वलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन गरिएको छ।

आज शनिबार सम्पन्न नेपाल शिक्षक संघ बागचौर नगरको दोस्रो अधिबेशनबाट महिला उपाध्यक्षमा लक्ष्मी वली भन्डारी,खुला उपाध्यक्षमा चन्द्र प्रकाश पौडेल,सचीवमा तिलक राज वली,सचिव अर्थमा गोपाल वली,सह-सचिवमा मोहन भण्डारी,सह-सचिव महिलामा रिता खड्का,सह-सचिव अर्थमा मोहन डि.सी,सह-सचिव अर्थमा रेशम बि एम लगायतको कार्यसमिति सर्बसम्मत चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एकराज डाँगी,बागचौर नगरपालिका का नगर प्रमुख जनकराज गौतम,नगर पार्टी सभापति डिपेश डिसि,वडा नम्बर १२ का वडा अध्यक्ष तथा पार्टी सभापति टिकाराम वली लगायतले शिक्षक संघले सम्पूर्ण शिक्षक बर्गको हकहितमा कामगर्नुपर्नेमा जोड दिन आग्रह गर्नुभएको थियो।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार, ,  १० : २४ बजे

प्रतिक्रिया दिनुहोस्