हामी परिक्षण प्रसारणमा छौ



सल्यान। सल्यानको कुमाख गाउँपालिका वाडा न. ७ बस्ने २३ वार्षिय सुनिता बोहरा पुनको गत असोज १५ गते जिल्लाको डुमकोट देखि खैराबाङ जाँदै गरेको जिप दुर्घटनामा परि टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते भएकोले उहाँको उपचारका लागी आफ्नो घरको आर्थिक सहयोग कमजोर भएकोले सबै समक्ष सहयोगको अपिल गर्नुभएको छ।

हाल बिरामीलाई उपचारको लागि भारतको लखनउ लिएको र उहाँको परिवार संग भएको पैसा सबै सकिएर अस्पतालको बिल तिर्न पनि गारो भएर हाल आफुहरु बाँकेको नेपालगन्ज न्युरो अस्पतालमा उपचाररत रहेको तर आफ्नो परिवार आर्थिक अबस्थामा हाल निकै कमजोर भैसकेकोले सहयोगको लागि सबै संग उहाँको परिवारले अपिल गरेको छ ।

सुनिताको ११ महिनाको १ छोरी रहेको र श्रीमती जीवन मृत्यु संग अस्पतालको बेडमा छट्पटाइ रहदा छोरी समाल्न र बिरामी श्रीमतीको हेरचाह गर्न निकै समस्या परेको उहाँको श्रीमान राजेश पुनमगरले बताउनु भयो । राजेश भन्नुहुन्छ,’ श्रीमतीको उपचारको लागि मैले कमाएको र केही सहयोगि मनहरुबाट गरि हाल सम्म करिब १८ लाख रुपैया खर्च भैसक्यो तर श्रीमतीलाई अझै पनि निको भएको छैन।’

पुनका अनुसार टाउकोको गम्भीर चोटका कारण नसाहरु नचल्ने र हाल उपचारको लागि पैसा नहुदा अस्पतालको बिल समेत तिर्न आफुहरुलाइ निकै समस्या भएको बताउनु भयो ।श्रीमतीको जीवन रक्षाको लागि र थप उपचारको निम्ति स्वदेश तथा बिदेशमा रहनु हुने सहयोगि दाताले सक्दो सहयोग गरिदिनुहुन पनि उहाँले सबै संग अपिल गर्नुभएको छ ।

सहयोग गर्न चाहनेले उहाँकै खाता न. 05908309030017 himalayan Bank मा र उहाँको श्रीमानको मोबाइल नम्बर ९८४८५४४५२७ मा सिधा सम्पर्क गर्न सकिने उहाँको परिवारले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार, ,  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्