हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले केहिबेर अघि उक्त निर्णय गरेको हो । 

आज पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा गएका पार्टीका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई मन्त्री समेत नबनाउने र रास्वपालाई गृह मन्त्रालय नदिने स्पष्ट पारेसंगै पार्टीले तत्काल सरकारबाट बारिहने निर्णय गरेको हो। 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका छन्। आज बसेको पार्टी बैठकले गरेका निर्णयबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै रास्वपा पार्टी सभापति रवि लामिछानेले आजै मन्त्रीहरुले राजीनामा दिने बताउनुभयो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार, ,  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्