हामी परिक्षण प्रसारणमा छौ




सुर्खेत।अनुदान फर्म दर्ताका आधारमा नभइ उत्पादनको आधारमा हुने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ।


भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी निर्देशनालयको आयेजनामा एक दिने स्थानिय तह संग समन्वयात्मक बैठको उद्धघाटन गर्दै मन्त्री शर्माले प्रदेश सरकारले होस यात स्थानिय सरकारले दिदै आएको अनुदान किसानको उत्पादन संग नभइ फर्म दर्ताको आधारमा भएकाले यसको नरुपन नै अनुदान पाउन उत्पादनलाइ मुल्याङ्कनको आधारमा मानी अनुदानको व्यवस्था गर्न निर्देशन दिनुभएको छ।


अहिले कर्णाली प्रदेश सरकारको निति उत्पादनमा आधारित रोजगारी सृजना गर्ने गरी १० हजार युवालाइ रोजगारमा जोड्ने कार्यक्रम बनाउनु पर्ने बताउदै रोजगारीको ठुलो सम्भावना तथा अवसर कृषि मा नै भएकाले कृषिमा आधारित उत्पादन र रोजगारी बृद्धी गर्न संघ प्रदेश र स्थानिय सरकार समन्वय सहाकार्य गरेर अगाडि बढे मात्र कर्णाली प्रदेश समृद्ध हुने बताउनु भयो।


मन्त्री शर्माले पशुसेवा शाखा तथा निर्देशनालयले प्रदेशमा प्राप्त गरेको खोपहरु प्रभावकारी रुपमा परिचालन गर्न नसकेर प्रदेशमा प्राप्त खोरेत रोगको खोप १ लाख ८० हजार डोज मध्ये कटौटी गरी ५० हजार डोज मा झारिनुले स्थानिय सरकारले कर्मचारी फिल्डबुक तयार तथा माग बिवरण सहितको तथ्याङ्क तत्काल मन्त्रालयमा पठाउन निर्देशन गर्नु भयो।


अहिले सम्म पशु उत्पादनमा मात्र बजेट निर्माण गर्ने गरेकोले पशु स्वास्थ्य ठुलै समस्या आउदा बजेट अभावका कारणले पुशमा ठुलै क्षति भइ किसान घाटामा गएको दिनानुदिन समस्या तथा गुनासो मन्त्रालयमा आएकाले अब पशु स्वास्थ्यमा आवश्यक बजेज र सेवा दिने कार्यक्रम बनाउन सुझाउनु भयो।मन्त्री शर्माले पशुपन्छी निर्देनालयले उत्पादन र खपत र बजारिकरणको तथ्याङ्क नभएकाले तत्काल तथ्याङ्क उपलब्ध गराउन निर्देशन गर्नु भयो।


सुर्खेत जिल्लाका ९ स्थानिय तह संग अहिलेको अबस्था भावि योजना र उत्पादन र बजेट कार्यान्वयनको अबस्थालाइ मध्येनजर गर्दै योजना निर्माण गर्न उदेश्यले आयोजना गरिएको समन्वयात्मक बैठकमा निर्देशनालयका प्रमुख स्थानिय तहका प्रमुख तथा नगर तथा पालिका पशु सेवाशाखा प्रमुखले प्रगति प्रतिबेदन प्रस्तुत गर्न् भएको थियो।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार, ,  २ : १६ बजे

प्रतिक्रिया दिनुहोस्