हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचाैर नगरपालिकाकाे आयोजनामा नमुना युवा नगर सभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गरिएको छ ।

सल्यान जिल्ला प्रदेश सभा (ख) सांसद सुरेश अधिकारीकाे प्रमुख आतिथ्यतामा समृद्ध राष्ट्र निर्माणको आधारस्तम्भको रुपमा रहेका नेपाली युवाको नेतृत्व तथा क्षमता विकास गरी देशक उनीहरुको सर्वाङ्गीण विकासका लागि कार्यक्रम आयोजना गरिएको बागचौर नगरपालिकाले जनाएको छ।

युवामैत्री नीति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्न युवालक्षीत उद्देश्य प्राप्तिका लागि राज्यलाई पृष्ठपोषण दिन तथा सकारात्मक वातावरण निर्माण गर्न चार दिने कार्यक्रम गरिएको नगर प्रबक्ता दीपेश डिसिले बताउनु भयो। डिसिका अनुसार युवाका मुद्दाहरुको वहस पैरवी केन्द्रको रुपमा विकास गर्न, युवालाई सामाजिक दायित्व र कर्तव्यप्रति जिम्मेवार बनाउन बागचाैर नगरपालिकाका १२ वटै वडामा युवाक्लब गठन तथा युवा संसदको नमूना अभ्यास गरिएको छ ।

माघ २३ गते उद्घाटन भई माघ २६ गते सम्म संचालन हुने कार्यक्रममा सहभागी युवाहरुबाट उत्कृष्ट छनाैट गरेर ३ जना प्रदेशमा सिफारिस हुनेछन् । त्यसैगरि प्रदेशबाट उत्कृष्ट युवा संसद छनाैट भई संघमा सिफारिस हुनेछन्।

नगर प्रमुख जनकराज गाैतमकाे अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सल्यान जिल्ला प्रदेश सभा (ख) का सांसद सुरेश अधिकारी, बिशिस्ट अतिथि सल्यान जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, बागचाैर नगरपालिका नगर उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर प्रवक्ता दिपेश डि.सी, प्रशिक्षक युवराज खड्का, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, युवा सांसदहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार, ,  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्