हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बुधबार राति सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् ।

बुधबार (हिजो) राति शारदा नगरपालिकाको श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ७ प ३२६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ६ प १५६३ नम्बरको मोटरसाइकल शारदा नगरपालिका-२ जोगदेखोला नजिकै एक आपसमा ठोक्किँदा ६ जना घाइते भएको र दुईको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार घाइते हुनेहरुमा सिद्धकुमाख गाउँपालिका-३,का २४ वर्षीय सुरेश नेपाली, शारदा नगरपालिका-७, का अर्जुन बुढाथोकी,१५ का शिशिर बुढाथोकी, हल्चौरका १८ वर्षीय हिमाल बुढाथोकी, गिठाचौरका १८ वर्षीय डिल्लीराज बोहरा र शारदा नगरपालिका वडा नम्बर २ पटनेरीका १४ वर्षीय अनिल शाही रहनु भएको छ।

उक्त दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका अर्जुन बुढाथोकी र हिमाल बुढाथोकीलाई थप उपचारका लागि नेपालगन्ज लैजाने तैयारी भइरहेको र अन्य चार जनाको शारदा नगरपालिका-१, श्रीनगरस्थित कान्तिपुर र कर्णाली अस्पतालमा उपचार भइरहेको र आफुहरुले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार, ,  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्