हामी परिक्षण प्रसारणमा छौ

आजबाट सीता एयरको दाङ-काठमाडौं व्यवसायिक उडान नियमित

सांसद दीपक गिरी बन्नुभयो सीता एयरको पहिलो यात्रु



दाङ। बुधबारबाट निजी वायुसेवा सीता एयरले दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ। माघमा परीक्षण उडान गरेको सीताले आजबाट हप्ताको तीनवटा उडान गर्ने जनाएको छ।

सिता एयरका तुलसीपुर प्रमुख बिनोद मिश्रका अनुसार नागरिक उड्डयन प्राधिकरणले सीतालाई सोमबार, बुधबार र शनिबार उडान गर्ने अनुमति दिएको छ। यसअघि नेपाल वायुसेवा निगमले यो गन्तव्यमा हप्ताको चार दिन उडान गर्दै आएको थियो। अब निजी वायुसेवा सिताले समेत हप्ताको तिन दिन उडान सेवा दिने भएसंगै हरेक दिन अब दाङ-काठमाडौं नियमित सेवा सुरुभएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

यसैगरी आज पहिलो व्यवसायिक उडान सफलता पुर्बक सम्पन्न गर्न पाउदा आफु थप उत्साहित बनेको क्याप्टेन रबिन्द्र डंगोलले अनलाइन सन्देशलाई बताउनु भयो। यस्तै तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष मिनराज भण्डारीले सीता एयरको सम्पूर्ण टिमलाई स्वागत गर्दै नियमित सेवा आफुहरुले पाउने बिश्वास व्यक्त गर्नुभयो।हाल भाडादर ८ हजार १ सय रुपैयाँ भाडा दर तोकिएको सिता एयरका तुलसीपुर प्रमुख बिनोद मिश्रले बताउनु भयो।

हाल नेपाल वायुसेवा निगमले १९ सिटे ट्‍वीनअटर जहाजमार्फत साताको आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान गर्दै आएको छ। यस्तै सीता एयरले दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गर्दा आफ्नो पहिलो यात्रुका रुपमा दाङ तिन नम्बर क्षेत्रका प्रतिनिधिसभा का सांसद दीपक गिरी रहेको जनाएको छ।


प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार, ,  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्