हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर ।त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रा.लिको शुक्रबार आज सम्पन्न चौथो साधारण सभा तथा दोश्रो अधिबेशनबाट पुनःशुरेस हमाल सर्बसम्मत चयन हुनुभएको छ ।

सरकारले देशभरका यातायात समितिहरुलाई खारेज गर्दै प्रालिमा ल्याएसंगै भएको त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रा.लि (पुरानो राप्ती समिति) को दोस्रो अधिवेशनबाट हमाल अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो। यसअघि हमाल राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायी समिति अध्यक्ष हुनुहुन्थ्यो ।

प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन बाट पुस्कर धिताल,प्रकाश भट्ट, ज्ञान बहादुर केसी र भिमसेन लहरे सर्वसम्मतरुपमा सञ्चालक समितिको सदस्यमा चयन हुनुभएको छ।

हाल ४० भन्दा बढि जिल्ला तथा भारतमा समेत यात्रुहरुको सेवा गर्दै आएको समितिको प्रधान कार्यालय तुलसीपुर उपमहानगरपालिकामा रहेको छ । गत हप्ता एयर सस्पेन्सन सिलिपर (सुतेर यात्रा गर्न मिल्ने) गाडी भित्र्याएको प्रालिको मातहत हाल मिनिबस,बस तथा ठूला एयर सस्पेन्सन समेत गरेर ५६५ गाडीहरु रहेको प्रालिले जनाएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार, ,  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्