हामी परिक्षण प्रसारणमा छौ



सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको दोर्सो नगरपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्को उपाधि प्रभाकर मावि देवस्थालले हात पारेको छ । प्रभाकर माविले २३ स्वर्ण पदक बनाउँदै रनिङ्ग शिल्डाको उपाधि हात पारेको हो । यस्तै १९ स्वर्ण सहित त्रिभुवन जनता मावि च्युराले दोस्रो स्थान हाशिल गर्यो भने तेस्रो स्थानमा १४ स्वर्ण सहित कृष्ण बोर्डिङ स्कुलले चित्त बुझाएको छ ।

गत फाल्गुन ११ गतेदेखि सञ्चालन भएको दस्रो राष्ट्रपति रनिङ शिल्ड बनगाड कुपिण्डे नगरपालिका – १ को प्रभाकर माध्यमिक विद्यालय देवस्थलमा ११ गते देखि १३ गते ३ दिन सम्म सञ्चालन भएको थियो ।प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एथ्लेटिक्सतर्फत दौड, फ्याक्ने, हाइजम्प, लंगजम्प, त्रिपजम्प, ज्याभेलिंग थ्रो लगायतका प्रतियोगिताहरु भएका थिए ।

सनिवार समापन कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्णवहादुर वुढाथोकि, प्रशासकिय अधिकृत जगत घर्ती, शिक्षा शाखा प्रमुख चक्रबहादुर रावतले विभिन्न विद्यामा प्रतियोगीहरुलाई मेडल सहित प्रमाणपत्र वितरण गरेका गर्नु भएको थियो । रनिङ्ग शिल्डमा १८ वर्ष मुनिका लाई मात्रै सहभागि गराउने भनिए पनि केही विद्यालयले १८ वर्ष माथि उमेर पार गरेका विद्यार्थीहरुको सहभागि गराएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार, ,  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्