हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सल्यानकी पत्रकार सरिता चलाउनेलाई प्रदान गरेको छ  । हरेक वर्ष प्रदान गर्दै आएको इन्जा ग्रामीण पत्रकारिता पुरस्कारबाट यस बर्ष सल्यानमा रहेर पत्रकारिता गर्दै आउनु भएकि सरिता  चलाउनेलाई प्रदान गरेको हो ।

सल्यान जिल्लामा रहेर प्रभावकारी रुपमा पत्रकारिता गर्दै आउनु भएकी चलाउनेलाई इन्जाले ५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ । २०७२ सालबाट सल्यानमा रहेको रेडियो शारदाबाट आफ्नो यात्रा प्रारम्भगर्नुभएको चलाउने हाल कान्तिपुर टेलिभिजन, नेपाल समाचारपत्र दैैनिकमा र सल्यान खबर डटकममा समेत आबद्ध  हुनु हुन्छ । उहाँ नेपाल पत्रकार महासंघ सल्यानको  जिल्ला शाखा उपाध्यक्ष समेत हुनु हुन्छ । 

रोटरी क्लब र कर्णाली प्रदेश पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नु भएकी चलाउनेले सामाजिक विषयसँगै ग्रामीण क्षेत्रका रिर्पोटिङलाई प्रभावकारी रुपमा अघि बढाउदै आइरहनु भएको छ । प्रेस सेन्टर नेपाल सल्यानको उपाध्यक्ष समेत रहनुभएकि चलाउनेले ग्रामीण क्षेत्रको विकृतिविरुद्ध र सुशासन एवम् विकासका लागि सशक्त कलम चलाउदै आइरहनु भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार, ,  ६ : १९ बजे

प्रतिक्रिया दिनुहोस्