हामी परिक्षण प्रसारणमा छौ



सल्यान।बनगाड कुपिन्डे नगरपालिका सल्यानले संञ्चालन गरेको एक दिने आँखा उपचार शिविरमा ३ सय २८ जनाले आँखा जाँच को सेवा लिएका छन्।

शुक्रबार आज बनगाड कुपिन्डे नगरपालिका का नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उद्घाटन गरेको एक दिने आँखा शिविरमा ३२८ जनाको आँखा चेकजाँच गरिएको नगर स्वास्थले जनाएको छ।आँखा जाँच गराउने मध्ये १७८ महिला र १५० जना पुरुष रहेका छन् ।

चेक जाँचको क्रममा ६२ जनालाई अप्रेसनको लागि छनोट गरी निशुल्क यातायातको व्यवस्था नगरपालिकाले गर्ने जनाएको छ ।फाल्गुन २५ गते अप्रेसनका लागि सुर्खेत आँखा अस्पतालमा जानको लागि  सुर्खेत सम्म जाने खर्च नगरपालिका व्यहोर्ने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भयो ।

नगर प्रमुख बुढाथोकीका अनुसार  आँखा चेकजाँच गर्दा लाग्ने खर्च समेत नगर पालिकाले व्यवस्था गरिदिएको नेपाल रेडक्रस सोसाइटी सल्ली बजारका सभापति पुष्कर बीसीले जानकारी दिनु भयो ।नगरपालिकाले निःशुल्क व्यवस्था गर्दै त्यसको समन्वय समेत राम्रो गरेको बीसीको भनाइ रहेको छ ।

सल्यान बनगाड कुपिन्डे नगरपालिकाको आयोजना तथा रेडक्रस आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा र नेपाल रेडक्रस सोसाइटी देवस्थल उप शाखाको समन्वयमा आज एक दिने बृहत आँखा शिविरमा सन्चालन भएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार, ,  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्