हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनगाड कुपिण्डे नगर समितिको बैठक नयाँ नेतृत्व चयन गर्दै मंगलबार सल्लिबजारमा सम्पन्न भएको छ ।

नगर समिति बैठकले दुर्गा बहादुर बुढाथोकीको अध्यक्षतामा ७३ सदस्यीय नगर समिति चयन गरेको छ । जसको उपाध्यक्षमा वीर बहादुर बुढामगर, अमृत पुन,कुल बहादुर पुरि, सचिवमा जीवन सिहँ ठकुरी ,सह सचिव डिल्ली बहादुर वि.क. र कोषाध्यक्ष विमला गन्धर्व पुन सहित सम्पूर्ण नेतृत्व सर्बसम्मत चयन हुनु भएको छ ।

पूर्व नगर समिति अध्यक्ष क्रीति बहादुर राणा प्रदेश समिति सदस्य र कर्णाली प्रदेश कृषि तथा सहकारी मंन्त्रि माननीय भिम प्रकाश शर्माको प्रमुख स्वकीय सचिवमा नियुक्ति भएपछि पुर्व नगर समिति सचीव समेत रहेका बुढाथोकीलाई नगर अध्यक्षको जिम्मेवारी दिईएको हो ।

बैठकमा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री टेकबहादुर बस्नेतले माओवादीको एजेन्डामा देश चलिरहेको र देश गम्भीर अवस्थामा गएको र त्यसको पहलको लागि माओवादी नै प्रमुख भएको बताउनु भएको छ । सत्य जहिले अनि अल्पमतमा हुने भएपछि अन्ततः सत्यको नै जीत हुने उहाँको भनाई छ । राष्ट्रिय राजनीति तरल र जटिल अवस्थामा भएको बताउँदै बस्नेतले त्यसको निराकरण फेरि माओवादीले नै गर्ने दावी गर्नु भयो ।

यस्तै कर्णाली प्रदेश उपाध्यक्ष तथा बनगाड कुपिण्डे नगरपालिका मेयर कर्ण बहादुर बुढाथोकीले अहिले माओवादीले भने जस्तो सत्ता आएको नभई सरकारमा मात्र आएकोले केही समस्या भएको बताउनु भयो । स्थानीय सरकारलाई १० प्रतिशत बजेट भएको त्यसले सबै स्थानीय जनताको विकासमा सहयोग गर्नु नसकिने उहाँको भनाई छ । समस्या बजेटको ३० प्रतिशत बजेट भएमा केही ठुलो भुमिकामा विकास निर्माण कार्य गर्न सकिने बताउनु भयो।

संबिधानमा सबै व्यवस्था दिएको तर अधिकार सबै केन्द्रमा राखिएकोले यस्तो अवस्था आएको उहाँको भनाई छ । अहिले सम्म शिक्षा, स्वास्थ्य, कर्मचारी कुनै ऎन न आएको र हिजो पन्चायत व्यवस्थामा बिषयगत शिक्षकले पढाउने गरेकोमा अहिले संघीयता आए पनि व्यवहारमा न आएको उपाध्यक्ष बुढाथोकीले बताउनु भयो।पार्टी ठिक ठाउँमा आएपछि सरकार ठिक ठाउमा आउने उहाँले बताउनु भयो।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार, ,  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्