हामी परिक्षण प्रसारणमा छौ



सल्यान।सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सिकार खेल्न गएका साथीको भरुवा बन्दुक पड्किएर एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ स्वारा बस्ने अन्दाजी ४० वर्षका आइते रावत र सोही ठाँउ बस्ने बस्ने अन्दाजी १६ वर्षका चित्र बहादुर रावत घर नजिकै रहेको बाहुननाका जंगलमा गएराती शिकार खेल्न गएको अवस्थामा आइते रावतले बोकेको भरुवा बन्दुक पड्किदा चित्र बहादुरमृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार रावतको पेट र घाटिमा गोलि लागि घाइते भएको र उनको उपचारको लागि सुर्खेत तर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक रावतको लास निजकै घरमा ल्याइ आइते रावत फरार भएको स्थानीय युवराज रावतले प्रहरीलाई खबर गरेको प्रहरीको भनाइ रहेको छ ।

हाल प्रहरी टोली घटना स्थलमा पुगी घटनास्थल वरपर लगाएत फरार ब्यक्तिको घरमा खोजतलास गर्दा भरुवा बन्दुक र फरार ब्यक्ती हाल सम्म फेला नपरेकोले घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

हाल मृतक रावतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार, ,  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्