काठमाडौं । नेकपा एकीकृत समाजवादीले सल्यानबाट निर्वाचित संघीय सांसद प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्री बनाउने निर्णय गरेको छ ।
पार्टीको आज बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले आज गठन हुने पहिलो चरणको मन्त्रीमण्डलमा उपमहासचिव ज्वालालाई पार्टीको तर्फबाट मन्त्रीमा सिफारिस गरिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनु भयो।
Error generating audio.