सल्यान। नेकपा माओवादी केन्द्र बागचौरले भर्खरै मात्र स्थायी सेवामा प्रबेस गरेका शिक्षकलाई मेरिट भन्दा राजनीतिक आस्थाका आधारमा आफूखुसी पदस्थापना नगर्न चेतावनी दिएको छ ।

माओवादी केन्द्र बागचौर नगरकमिटी अध्यक्ष शोभाराम भण्डारीले बिहिवार एक विज्ञप्ति जारी गर्दै बागचौर नगरपालिका को शिक्षा शाखाले जिल्ला शिक्षा समन्वय इकाई सल्यानले तोकेको मेरिट भन्दा जथाभाबी ढंगले शिक्षकलाई कार्यालय भन्दा बाहिरबाट जबर्जस्त पदस्थापना पत्र बुझ्न् लगाएको प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै बागचौर नगरपालिकालाई सचेत गराउनु भएको छ ।

Error generating audio.

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार, ,  १२ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्