हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय अलपत्र अबस्थामा रहेका योजनाबारे कसरी जाने भन्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र भारतीय राजदूतबीच आज छलफल भएको छ ।

आइतबार मन्त्री ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच दाङको लमही–घोराही-तुलसीपुर सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने विषयमा समेत छ्लफल भएको मन्त्रालय संबद्ध स्रोतले जनाएको छ।

यसैगरी आज भएको भेटमा चर्चित रक्सौल काठमाडौं रेल सेवा निर्माणबारे समेत छ्लफल भएको छ । सरकारले उच्च प्राथमिकतामा राखेको यस योजनालाई प्रधानमन्त्रीको भारत भ्रमणपछि थप गृहकार्य गर्ने तयारी गरिएको छ।

यस्तै अलपत्र योजनाका छिटो ठेक्का तोडेर नयाँ ढंगले निर्माण कार्यलाई तीव्रता दिने दिशामा आजको छ्लफल केन्द्रित भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयले  जानकारी दिएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार, ,  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्