हामी परिक्षण प्रसारणमा छौ



दाङ । दाङमा एक जना शसस्त्र प्रहरीका सहायक हवल्दार ले आफैले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

दाङ तुलसीपुरस्थित कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय बसन्त केसी ले आफैँलाई गोली हानेका हुन्। तिन चार दिन अघि मात्र कपिलवस्तुबाट तुलसीपुर आएका सहायक हवल्दारले आइतबार राति साढे ८ बजेतिर आफैंलाई गोली हानेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुष्पराज मल्लले जानकारी दिनुभयो।

अहिले केसीको शवलाई पाेष्टमार्टमकाे लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार, ,  ११ : २१ बजे

प्रतिक्रिया दिनुहोस्