हामी परिक्षण प्रसारणमा छौ



दाङ । नायक पल शाह दाङको तुलसिपुर आउने कार्यक्रम तय भएको छ ।

तुलसीपुरमा जारी बृहत् सांस्कृतिक कार्यक्रम-२०८० मा सहभागी हुनका लागी यहि बैशाख ८ गते शुक्रबार नायक पल शाह आफ्नो गृह जिल्ला दाङको तुलसीपुर आउन लाग्नुभएको हो ।

आज मितेरी युवा क्लब तुलसीपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष अजय बुढाथोकीले पल शाहलाई यही ८ गते तुलसीपुरमा भब्य स्वागत तथा सम्मा गर्ने जानकारी दिनुभयो । अध्यक्ष बुढाथोकीले पल शाहलाई हौंसला र उर्जा प्रदान गर्न सबै दर्शक स्रोतालाई अपिल गर्दै उक्त एक दिन जसरी भए पनि आउन आग्रह गर्नुभएको छ।

मितेरी युवा क्लब तुलसीपुरको आयोजनामा यही बैशाख १  देखि १० गतेसम्म तुलसीपुर -५ अरनिको मैदान बृहत सास्कृतिक कार्यक्रम जारी रहेको छ  ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार, ,  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्