सल्यान । राष्ट्रिय कृषक समूह महासँघ सल्यानकाे जिल्ला भेला सम्पन्न भएको छ।
बिहीवार राष्ट्रिय कृषक समूह महासँघका केन्द्रीय अध्यक्ष नवराज वस्नेतकाे प्रमुख आथित्यतामा सल्यानकाे श्रिनगरमा सम्पन्न सम्पन्न भयकाे हो।भेलामा महासँघका केन्द्रीय उपाध्यक्ष शशिराम आचार्य,केन्द्रीय सदस्य नवीन सिंह भडेल,प्रदेश समिती सदस्य उषा चन्द लगायतकाे उपस्थिती रहेकाे थियाे।
आज सम्पन्न भेलाले हिमाल यात्रीकाे संयाेजकत्वमा १ जना पछि थप्ने गरि ७ सदस्य रहनेगरि जिल्ला समन्वय समिती सल्यान गठन गरेकाे छ। जसको सदस्यमा ओम कुमारी बुढाथाेकी सिद्ध कुमाख गाउँपालिकाबाट, रिम वहादुर खडका दार्मा गाउपालिकाबाट, लुब्धकृष्ण भट्टराई शानपाबाट, मेघराज शाह कुमाख गाउँपालिकाबाट र धन वहादुर परियार छत्रेस्वरी गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने गरि कार्य समिति चयन गरिएको छ।

Error generating audio.