हामी परिक्षण प्रसारणमा छौ



सल्यान । २३ औं भूकम्प सुरक्षा दिवश सल्यानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

सल्यान सदरमुकाम खलंगामा प्रभात फेरी गरेर भूकम्प सुरक्षा दिवस मनाइएको हो । भूकम्पबाट हुने जोखिम र यसबाट वच्न अपनाउनु पर्ने सर्तकता वारे जानकारी होस भनेर प्रभात फेरी गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले वताए ।

वि.सं.९९९० मा आजकै दिन नेपालमा विनाशकारी भुकम्प गएको थियो । त्यसैको सम्झनामा २०७२ को महाभूकम्प पछि नेपालमा भुकम्प दिवस मनाउन थालिएको हो । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्ग नेतृत्वमा निजामती कर्मचारी , नेपाल प्रहरी ,शसस्त्र प्रहरी र नेपाली सेनाको सहभागितामा ¥याली निकालिएको थियो । पुरानो बसपार्कवाट सुरु भएको प्रभात फेरी डाँडागाउँ, जोडीपिपल, वैक रोड, लामाचौतारा हुदै वसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।

 

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार, ,  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्