हामी परिक्षण प्रसारणमा छौ



रोल्पा ।रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा १ जना विद्यार्थीको मृत्यु भएको छ ।

आइतबार दिउँसो दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका ६,राँक ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको डबल क्याप गाडी गंगादेवको ओइलाम नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि स्थानीय १५ वर्षका तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिनुभयो ।

डिएसपी श्यामकुमार सारू मगरका अनुसार दुर्घटनामा परी ८ जना घाइते छन् ।८ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको र घाइतेको थप उपचारका लागि दाङको तुलसीपुर पठाएको छ ।

गाडीमा १० जना सवार रहेको बुझिएको छ । जिप सडकबाट धेरै तल खसेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार, ,  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्