हामी परिक्षण प्रसारणमा छौ



सल्यान।नेकपा (एकीकृत समाजवादी) सल्यानलेनक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडा कारबाही गर्न कुनै कसुर बाँकी नराख्न ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ ।

दोषीलाई कारबाहिको माग गर्दै सरकारलाई दबाब सिर्जना गर्ने उद्देश्यले बुधवार नेकपा (एकीकृत समाजवादी) सल्यानले निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्का मार्फत प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाइएको पार्टीका जिल्ला अध्यक्ष हरि केसीले जानकारी दिनुभयो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचार जस्तो जघन्य अपराधमा संलग्न भएका सबैलाई कारबाही गर्न र तिनीहरूलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नेकपा एस को ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन आजसम्म सरकारने राखेको अडान, कार्य र सक्रियताले आम नागरिकको बिचमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै ज्ञापन पत्रमा निराश जनता केही मात्रामा आशावादी बनेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार, ,  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्