हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।नगर वासीहरुलाइ शारदा नगरपालिकाले प्रदान गर्ने सेवा, सुचना,सन्देश र जानकारी प्रदान गर्ने तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आज देखी श्रीनगरमा डिजिटल डिस्प्ले बोर्ड संचालनमा ल्याइएको छ ।

बुधबार साँझ नगर प्रमुख प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत हिमाल गौतम,नगरपालिकाका कर्मचारी लगायत स्थानीय वासिन्दाको उपस्थितिमा बोर्डको सुचारु गरिएको हो ।यसले नागरिकलाई सूचना पाउन अझै सहजता दिने नगरपालिकाको दाबी छ।

यसैगरी आजै शारदा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कोभिड -१९ भ्याक्सिनको डिजिटाइजेशन क्युआर कोड प्रमाणीकरण कार्यक्रम समेत सम्पन्न भएको छ।

नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमाल गौतम, स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमाल लगायत १५ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार, ,  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्