हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले पहाडी क्षेत्र काष्ठफल तथा पलफुल विकास (NAFHA)परियोजनाको कर्णाली प्रदेश स्थित आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्धघाटन गर्नुभएको छ।

बिहीबार कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय,कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा स्थापना गरिएको कार्यालयको एक कार्यक्रमका वीच मन्त्री शर्माले उद्धघाटन गर्नु भएको हो।एसियाली विकास वैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम (Global Agriculture and Food security Program) को अनुदान सहायता तथा नेपाल सरकारको संयुक्त लगानीमा सन् २०२२ देखि २०२९ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत संचालन हुनेछ।

हेर्नुहोस् परियोजना सञ्चालन हुने कर्णाली प्रदेशका नौ जिल्लाका २० स्थानीय तह:

१.रुकुम पश्चिम
वाफीकोट, मुसीकोट, सानीभेरी
२.सल्यान
सिद्धकुमाख, शारदा
३.जाजरकोट
छेडागाड, जुनीचाँदे
४.दैलेख
आठबीस, नारायण, चामुण्डाविन्द्रशैनी
५.कालीकोट
सुभकालीका, नरहरीनाथ
६.जुम्ला
हिमा, सिजा, कनकाशुन्दरी
७.मुगु
खत्याड, सोरु
८.हुम्ला
ताजाकोट, अदानचुली
९.डोल्पा
मुड्केचुला

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार, ,  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्