हामी परिक्षण प्रसारणमा छौ



सल्यान । शारदा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित ५ दिने IT स्रोत शिक्षकका लागि सुचना प्रविधि सम्बन्धि तालिमको समापन भएको छ ।

समापन समारोहमा बोल्दै नगर प्रमुख प्रकाश भण्डारीले प्राविधि मैत्री शिक्षण क्रियाकलापका लागि तालिम महत्त्वपूर्ण रहेकाले आफुले सिकेका कुरा व्यबहार लागू गर्न शिक्षकहरुलाई निर्देशन समेत दिनु भयो ।

समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमाल गौतम, शिक्षा शाखा प्रमुख संगिता बुढाले मन्तव्य राख्नु भएको थियो ।जेठ २१ बाट सुरु भएको तालिममा नगरका विभिन्न बिद्यालयका २५ जना शिक्षकहरुको सहभागीता रहेको थियो ।तालिमले आफुहरुलाई थप परिपक्क बन्न सहयोग पुगेको तालीममा सहभागी शिक्षकको भनाइ रहेको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार, ,  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्