हामी परिक्षण प्रसारणमा छौ



दाङ । प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरि फर्कदै गरेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । शोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरि घरतर्फ फर्किन लागेको लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा दुई परिवारका ६ जना सहित ८ जनाको मृत्यु भएको हो ।

स्वर्गद्वारी नगरपालिका-४ उपल्लो भिङ्रीमा उक्त कार दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएपनि कसैलाई बचाउन नसकिएकोजिल्ला प्रहरीले कार्यालय प्युठानले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशिल थापामगरका अनुसार दुर्घटनामा परि दाङ तुलसीपुर उपमहानगरपालिका-१५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल र उहाँका छोराहरू १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उहाँकी श्रीमती ३० वर्षीय राधा नेपाली र उहाँहरूका छोरा ९ बर्षका आदित शाहको मृत्यु भएको हो ।

यस्तै कार चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ भने एकजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशिल थापामगरले जानकारी दिनुभयो। 

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार, ,  ६ : २६ बजे

प्रतिक्रिया दिनुहोस्