सल्यान ।बागचौर नगरपालिकामा निर्माण भैरहेको सभा हलको आज नगरपालिकाका प्रमुख सहितको टोलीले अनुगमन गरेको हो।
नगरपालिकाको वडा नम्बर २ मा नगरपालिकाकाे लागतमा निर्माण भइरहेको सभाहलकाे आज नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डिसी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।
नगरपालिकाकाे आफ्नै सभाहल नभएकोले हाल हल भाडामा लिएर कार्यपालिका बैठक, नगर सभा, लगायतका अन्य कार्यक्रमहरु गर्नुपर्ने नगरसामु बाध्यता छ । सभाहल निर्माण पछि नगरपालिकाले हल भाडामा खर्च गर्दै गरेको रकम समेत बचत हुने नगरपालिकाले यो कार्य अघि बढाएको नगरप्रमुख जनकराज गाैतमले बताउनुभयो ।
यसैगरी सभाहल निर्माण कार्य समयमै सम्पन्न गर्न नगर प्रमुख जनकराज गाैतमले निर्माण समितिलाई निर्देशन दिनुभएको छ ।-तस्बिर: सन्जीव देवकोटा (श्रवण)

Error generating audio.