हामी परिक्षण प्रसारणमा छौ



दमाचौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड‐नेपाल समूह सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले सल्यानमा भेला प्रशिक्षण सँगै संगठन बिस्तार अभियानलाई तिब्रता दिएको जनाएको छ ।

अनेरास्ववियूले आइतबार जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ‐१,दमाचौरमा रहेको भानुभक्त माध्यामिक बिद्यालयमा इकाइ कमिटी गठन गरेको छ । ऋषिकेश चन्दको अध्यक्षतामा ७५ सदस्यीय बिद्यालय इकाइ कमिटी गठन गरिएको अनेरास्ववियूका सल्यान जिल्ला संयोजक चेतन गिरीले सल्यानन्युजलाई बताए । गिरीका अनुसार इकाइ कमिटीको उपाध्यक्षमा दिपा रसाइली, तारा घर्ती र पारस बिक रहेका छन् । यस्तै सचिवमा डिल्ली कुमारी बस्नेत, कोषाध्यक्षमा सलिन विक, सहसचिवमा दिपक चन्द, नविन खड्का, कमल रसाइली र सुरक्षा बिक रहेका छन् ।

अनेरास्वबियू जिल्ला कमिटी संयोजक चेतन गिरी र सहसंयोजक निरज सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमलाई जसरी पनि निस्तेज पार्न आम विद्यार्थीहरु चनाखो बन्ने र त्यसका लागि प्रतिरोधका लागि तयारी रहन समेत आग्रह गरेका थिए । नेकपाका गाउँपालिका कमिटी सचिब प्रेम खड्गाले प्रधानमन्त्री ओली लोकतन्त्र र गणतन्त्र समाप्त पार्न अग्रसर रहेकोले त्यसको बिरोधका लागि युवा विद्यार्थीले कडा प्रतिरोधका कार्यक्रम गर्न पनि आग्रह गरेका थिए ।

नेकपाका स्थानीय नेताहरु टोप ब चन्द,टिकाराम के.सी ,लेख बहादुर चन्द ,सुरेन्द्र चन्द,बिष्णु चन्द ,विद्यार्थी नेता गणेसमान बि क ,प्रदिप योगी ,प्रकास चन्द लगायतले केपी शर्मा ओलीका पछिल्ला कदमलाई कुनै हालतमा मान्न नसकिने र त्यसका लागी आफुहरु जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका थिए । उक्र कार्यक्रमको सहजीकरण विद्यार्थी नेता रमेश बुढाथोकीले गरेका थिए

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार, ,  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्