हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।बागचाैर नगरपालिका वडा नं. ७ को वडा कार्यालय भवनकाे आज शिलान्यास गरिएको छ ।बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले भवनको शिलान्यास गर्नुभएको हो।

भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी वली, वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर डाँगी लगायत वडा वासीहरुकाे उपस्तिथि रहेको थियो । भवन निर्माणको काम भैरव निर्माण सेवाले गर्ने भएको छ । भवन निर्माणकाे काम समयमै सम्पन्न गर्न नगर प्रमुख गाैतमले निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन समेत दिनुभएको छ।

वडा अध्यक्ष प्रेम बहादुर डाँगीले भवन निर्माण छिटो भएपछि कार्यालय अझै ब्यवस्थित र काम गर्न सहज हुने भनाइ राख्नुभयो।हाल वडा कार्यालयले अस्थायी भवनबाट नै सेवा ग्राहिलाइ सेवा दिइरहेको छ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार, ,  ४ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्