हामी परिक्षण प्रसारणमा छौ



सल्यान । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सहित चार जना यात्रु घाइते हुनुभएको छ ।

शनिबार खड्काको गृहजिल्ला रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा प्रदेश ०२– ००१ झ ००४४ नम्वरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । जीप दुर्घटनामा परी कर्णाली प्रदेश मामिला समितिका सभापति खड्काको बाँया खुट्टामा चोट लागेको छ ।

उक्त दुर्घटनामा परी चौरजहारी–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, सभापति खड्काका स्वकिय सचिव हुकुम बिसी, चालक युवराज गिरी घाइते हुनुभएको हो । उनिहरुको चौरजहारी अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिकामा आईतबार हुने गाउँसभामा सहभागी हुन सभापति खड्का रुकुम आइपुग्नु भएको थियो ।जीपमा नौं जना यात्रु भए पनि अन्य सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको भनाइ छ । त्रिवेणी गाउँपालिकामा आईतबार हुने गाउँसभामा सहभागी हुन सभापति खड्का रुकुम पुग्नु भएको थियो।

यसैगरी जीपको स्टेरिङमा एक्कासी समस्या आउँदा अनियन्त्रित भई पल्टिएको चालक युवराज गिरीको प्रतिक्रिया छ भने घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार, ,  ६ : ३० बजे

प्रतिक्रिया दिनुहोस्