सल्यान ।कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले अब कृषिलाई सम्मानित पेशाका रुपपा बुझ्न् जरुरी रहेको बताउनु भएको छ। सल्यानमा पहिलो पटक मेसिनबाट धान रोपेर २० औं धान दिवस मनाइएको छ । आधुनिक कृषि प्रणालीको विकास र कृषि यान्त्रिकरणमा जोड दिदै मेसिनबाट धानरोप्न सुरु गरिएको छ ।

बढी काम, समयको बचत र उत्पादनमा वृद्धि हुने अपेक्षाका साथ जिल्लामा पहिलो पटक मेसिनबाट धान रोपिएको हो ।मेसिनबाट धान रोपेर उद्घाटन गर्दै कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले परम्परागत रुपमा धान खेती गर्दा बढी समय र लागत लाग्ने तथा उत्पादन समेत कम हुने भएकाले यान्त्रिकरणका माध्यमबाट खेती गर्दा सहज हुने बताउनु भयो । 

किसानको आर्थिक, सामाजिक जीवनस्तर उकास्न कर्णाली प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएको उहाँको भनाई छ । कृषि पेसालाई सम्मानित पेसाका रुपमा विकास गर्नु पर्ने शर्माको भनाई छ । मेसिनबाट धान रोप्दा समय, श्रमिक र आर्थिक बजेटको समेत बचत हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालय सल्यानका प्रमुख श्रीकृष्ण न्यौपानेले बताउनु भयो । 

सल्यानमा मध्य असारसम्म ४५ प्रतिशत धान रोपाइ सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लामा ७ हजार ६६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ ।

 

Error generating audio.

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार, ,  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्