हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । सरकारले भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको छ । ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।

भूमि व्यवस्था मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेका अनुसार आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण यही माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने कार्यक्रम तय भएको छ । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझ राजपत्रमा प्रकाशित समेत भएको छ ।

सल्यान जिल्ला अध्यक्षमा लोकबहादुर डाँगी

यसैबिच सरकारले भूमि सम्बन्धी समस्या आयोगको सल्यान जिल्ला अध्यक्षमा बागचौर नगरपालिका वडा नम्बर ‐९,निवासी लोकबहादुर डाँगीलाई नियुक्त गरेको छ । विज्ञमा कुमाख गाउँपालिका वडा नम्बर ‐७,निवासी कबिराम चन्द र सदस्यमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर‐५,निवासी कुन्ती बस्नेतलाई नियुक्त गरेको छ ।

कबिराम चन्द

 

सरकारले नियुक्त गरेका सल्यानका प्राय सबै पदाधिकारी केपि शर्मा ओली निकट नेकपाका नेता रहेका छन् । केही समय अघि नै सूचि बनेको भएपनि पछिल्लो पटक पार्टी भित्रको विबादका कारण प्रचण्ड‐माधब समूह निकटकालाई हटाई ओली नेतृत्वको नेकपा निकटलाई नियुक्ती दिइएको स्रोतको दाबी छ ।

कुन्ती बस्नेत

पदाधिकारीको सेवा सुविधा कति ?

सरकारले नियुक्त गरेका आयोगका जिल्ला अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको सेवा सुबिधा पाउँने स्रोतले जनाएको छ । यस्तै सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने छन् । भूमी सम्बन्धि समस्या समाधान आयोगका लागि ७७ वटै जिल्लामा पदाधिकारी चयन भएसँगै भूमिहिन,अब्यवस्थीत बसोबासको समस्या समाधान गर्ने बाटो खुलेको र यसपालीका पदाधिकारीले अहिले सम्म रहिआएका समस्यालाई समाधान गर्ने धेरैको अपेक्षा छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार, ,  १० : २२ बजे

प्रतिक्रिया दिनुहोस्