हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा भिरबाट लडेर एक किशोरी गम्भीर घाइते हुनुभएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर-३ बस्ने १७ वर्षीया किशोरी चेतना पुन भिरबाट लड्नु भएको हो। मंगलबार बिहान करिब १०:४५ बजेको समयमा घर नजिकैको परबिन जङ्गलमा साथीहरु संग घाँस काट्ने क्रममा भिरबाट लडेर करिब ६० मिटर तल पुगेको स्थानीय अमर पुनले जानकारी दिनुभयो ।

घाइते पुनलाई टाउको,हात, मुख लगायतमा गहिरो चोट लागेको छ। सल्लीबजारमा सामान्य उपचार पछि थप उपचारका लागि हाल नेपालगञ्ज पठाइएको घाइते किशोरीका आफन्तले जानकारी दिनुभएको छ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार, ,  ५ : २१ बजे

प्रतिक्रिया दिनुहोस्