हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको अवस्था छ। हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केहि स्थानहरूमा अहिले हल्का देखि मध्यम वर्षा लगातार भइरहेको छ ।

आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसअनुसार लुम्बिनी प्रदेश,सुदूरपश्चिम र गण्डकी प्रदेशका केहि स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहेर पानी पर्नेछ। लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशको केहि स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार, ,  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्