हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सल्यानमा दुर्घटनामा परी गम्भीर घाइते एक जनाको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका-१० पिपलनेटाका अन्दाजी ५० वर्षीय लाल बहादुर वि.क.को उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधबार बिहान बागचौर नगरपालिका वडा नम्बर -२ थारमारे बजारबाट वडा न -१ ठिन्वाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक सहित ३ जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते मध्येका वि.कलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा बाटोमा नै मृत्यु भएको जिल्ल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 

दुर्घटनामा परी गम्भीर घाइते बागचौर नगरपालिका १ गैरावेदका ट्याक्टर चालक २४ वर्षीय युवराज रोकायको नेपालगञ्ज र शोही ठाउँका ४५ वर्षीय कालि बहादुर बस्नेत सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँको भनाई छ । ट्याक्टर सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो । 

प्रकाशित मिति : २० असार २०८०, बुधबार, ,  ४ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्