हामी परिक्षण प्रसारणमा छौ



सल्यान । दाङ-सल्यान सडकखण्डको सल्यान चोरखोलामा गुडिरहेको बसमा एक्कासी करेन्ट प्रवाह हुँदा गम्भीर घाइते एक  जनाको मृत्यु भएको छ ।

उक्त घटनामा परि गम्भीर घाइते हुनुभएका बस धनी सल्यान छत्रेस्वरी गाउँपालिका-६ का वर्ष ३६ का टिकाराम वली (महेन्द्र) उपचारका क्रममा दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा निधन भएको मृतकका बुवा राम बहादुर वलीले सल्यानन्युज लाई जानकारी दिनुभयो ।

करेन्ट लागेर रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी  ७० वर्षीय बालराम डाँगी र उहाँका छोरा अन्दाजि ४० वर्षका टोपलाल डाँगीको सोही घटनामा बिहिवार आज बिहान घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते गाडी धनि वलीको निधन भएसंगै उक्त घटनामा तिन जनाको ज्यान गएको छ।

बिहिवार राप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत दाङ तुलसीपुर देखि खौला जादै गरेको रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार, ,  ३ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्