हामी परिक्षण प्रसारणमा छौ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पुर्ब पश्चिम् जोडने बैकल्पिक सडकको रुपमा रहेको कान्ति लोकपथको अवलोकन गर्नुभएको छ। हेटौडको बुद्धचोक देखि ललितपुरको टिकाभैरव सम्म करिव ७९ कि.मि लम्बाई रहेको यो सडक निर्माणाधिन अवस्थामा छ।

कुल ३ अर्ब ७८ करोड लागत अनुमान गरिएको यो सडक खण्डको कुल लम्बाई मध्ये करिव ७ किलोमीटर कालिपत्रे गर्न बाँकी रहेको छ भने कडा चट्टानका कारण करिव ५ किलोमिटर बिस्तारको काम बाँकी रहेको छ।हाल यो सडकमा हलुका सवारी साधन संचालन भैरहेका छ्न।

सडक अवलोकनमा मन्त्री ज्वाला सहित मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा कान्ति लोकपथ राजमार्गका आयोजना प्रमुख शुरेश न्यौपाने सहभागी थिए। २०१३ सालमा ट्र्याक खोलिएको यो सडकलाई नारायणगढ मुग्लिन सडकको बिकल्पको रुपमा प्रयोग गरि २४ घन्टा संचालन गर्न आवश्यक बजेट व्यस्थापन गरेर काम अगाडि बढाईने समेत मन्त्री ज्वालाले सो अवसरमा बताउनुभयो।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार, ,  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्