हामी परिक्षण प्रसारणमा छौ



दाङ।अविरल वर्षापछि ढुङ्गा खस्दा अवरुद्ध राप्ती राजमार्ग सुचारु भएको छ ।

 राप्ती राजमार्गको दाङ –सल्यान सडकखण्ड अन्तर्गत कपुरकोट–५ टुनिबोट नजिकै सडकमा ठुलो ढुङ्गा खस्दा अवरुद्ध सडक आइतबार साँझ ७ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

बिहान साढे ७ बजेतिर ठुलो ढुङ्गा झर्दा सडक अवरुद्ध भएको सडक पूर्णरुपमा १२ घण्टा पछि सुचारु भएको उहाँले बताउनुभयो । 

साना गाडीहरु दिउँसो नै संचालनमा आएपनि ठुला गाडीहरु साँझदेखि मात्रै संचालनमा आएका हुन् । दाङबाट मेशिन लगेर ढुङ्गा फुटाएपछि सडक सुचारु भएको हो । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार, ,  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्