हामी परिक्षण प्रसारणमा छौ



दाङ । दाङमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका–७ मा रहेको मामाघर आएका १६ वर्षिय मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले जानकारी दिनुभयो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारकालागि प्रतिष्ठानमा लगिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार, ,  ३ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्