हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । सर्वोच्च अदालतले कोशीमा सभामुखको सहभागितामा गठन भएको सरकारलाई असंवैधानिक ठहर गरेसंगै मुख्यमन्त्री उद्धव थापा पदमुक्त हुनुभएको छ।

न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्णइजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै सात दिन भित्र नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ ।थापाको नियुक्ति जुन प्रक्रियाबाट थालिएको थियो सोही प्रक्रियाबमोजिम २ वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न भने अदालतले बाटो खोलेको छ ।

तर, सभामुखबाहेककै बहुमत देखाउन नसकेपछि धारा १६८ को ३ उपधाराबमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा गत असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार, ,  ३ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्