सल्यान ।सल्यानमा एक महिलाको घाँटी रेटिएको अवस्थामा मृत सव फेला परेको छ।

जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ३९ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत अवस्थामा फेला परेको स्थानीय बासीले जानकारी दिएका छन् । बिहानै घरबाट घाँस काट्न बारीमा निस्कनुभएकि गिरि घर नआएपछि परिवारले खोजीकार्य गर्दा बारीमा मृत अवस्थामा भेटिएको स्थानीयको भनाइ छ ।

घटनाको प्रारम्भिक शव हेर्दा घाँटी काटिएको जस्तो देखिएको स्थानीयबासीले बताएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली प्रस्थान गरेको र घटनाबारे थप अनुसन्धान भैरहेको सल्यान प्रहरीले जनाएको छ ।

घाँटी रेटिएको अवस्थामा फेला परेको मृतकको सव । तस्वीर : सुवास रावत

Error generating audio.

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार, ,  १ : १३ बजे

प्रतिक्रिया दिनुहोस्