हामी परिक्षण प्रसारणमा छौ



दाङ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्ब सभामुख कृष्ण बहादुर महराले बामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको भन्दै आशंका ब्यक्त गर्नुभएको छ । महराले प्रहरीले गरिरहेको अनुसन्धानमा सहयोग गर्ने समेत बताउनुभएको छ।

मंगलबार दाङको घोराहीमा भएको पत्रकार सम्मेलनमा महराले  भन्नुभयो,‘मलाई लागेको चाहि के छ भने, म एग्रसिप मान्छे होईन, म सन्तुलन गर्ने मान्छे हुँ । म सकेसम्म सबै बामपन्थीहरु, सबै माओवादीहरु एकता होेस् ।

यो देशका राष्ट्रिय शक्तिहरु एकठाउँमा भइदिए देशको विकास हुन्थ्यो भन्ने चाहाना राख्ने मान्छे हो।तर,‘ मेरो यो चाहानाबीच कसैले चाहाना नरोखेको हो की ? त भन्ने मलाई आशंका छ।’

गत पुस १० गते विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि महराले मंगलबार दाङमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्नुभएको हो ।

‘वाङ’ भन्ने मान्छेसंग पुरानो चिनजान भएको र उनि फलफुल ब्यापारी भएकोले उनैले सामान भान्सारमा रोकिएको र छुटाईदिन मद्दत गर्न भनेपछि त्यसमा आफुले सहयोग गरेको बताउनुभयो। ‘मैले इलिगल होला भनेँ तर, उनले होईन भने, त्यसपछि भन्सारका साथीहरुसंग कुरा गरेर रोक्नु पर्ने हो भने रोक्नु, छोड्न मिल्ने हो भने छोड्नु, लिलाम गर्ने हो भने पनि गर्नु जे गर्ने कानुन अनुसार काम गर्नु होला, भनेर भनेको हुँ’, महराले पत्रकार सम्मेलनमा भन्नुभयो।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार, ,  ४ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्