हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ। सोही अटो दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन्।

बुधबार जिल्लाको त्रिवेणी गाउँपालिका-६,लुहाम बजारबाट वडा न ५ ढोरचौर गाउँतर्फ जाँदै गरेको रा १ ह ३९३० नम्बरको अटो त्रिवेणी गाउँपालिका ५ लाम्रीखोला स्थित भित्री कच्ची सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो। 

सूचना अधिकारी श्रेष्ठका अनुसार दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका-४,अकाशेका अन्दाजी ५१ वर्षीया ठगी कामीको मृत्यु भएको हो।अन्य दुई जना भने सामान्य घाइते भएको र उपचार लुहाम मा भैरहेको छ । उकालोमा चढ्न नसकेपछि पछाडी आउँदा अटो सडकबाट झन्डै १५० मिटर तल खसेको छ । अटो चालकलाई नियन्त्रणममा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

काभ्राको सल्लेरीमा भेटिएको शवको पहिचाहुन सकेन

यसैगरी सल्यानमा फेला परेको एक पुरुषको शवको अझै पहिचान हुन सकेको छैन । जिल्लाको त्रिवेणी गाउँपालिका–१ काभ्राको सल्लेरी सामुदायिक वनमा बुधबार पुरुषको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार शव गल्न थालिसकेकाले केही दिन पहिले नै पुरुषको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय लुहामको टोलीले अनुसन्धान गरिरहेको छ । शव पहिचानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार, ,  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्