हामी परिक्षण प्रसारणमा छौ



सल्यान।रुकुमको नुवाकोटबाट नेपालगन्ज जादैँ गरेको फोर्स गाडी सल्यानमा केहिबेर अघि दुर्घटना भएको छ ।

आइतबार बिहान रुकुमको नुवाकोटबाट छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी आज दिउँसो कपुरकोट गाउँपालिका-३, आगरखोेलामा दुर्घटना भएको हो । दुर्घटना स्थलमा अहिले नेपाल प्रहरी, स्थानिय लगाएतकाले उद्धार कार्य जारी राखेका छन् । गाडीमा भएका सबै घाइते भएको र केही गम्भिर घाइते भएको अनुमान गरिएको छ ।

गाडी सडक देखी करिब २ सय मिटर तल खसेको अनुमान गरिएको छ । गाडी भित्र १६ जना यात्रु रहेको र घाइतेलाई दाङ तर्फ पठाइएको प्रारम्भिक जानकारी आएपनि घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको सल्यान प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार, ,  ३ : ३० बजे

प्रतिक्रिया दिनुहोस्