हामी परिक्षण प्रसारणमा छौ



सल्यान । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु र थुप्रै घाइते भएसंगै जिल्ला प्रशासन कार्यालय सल्यानले एक छानबिन समिति गठन गरेको छ।

यस घटना लगत्तै जिल्ला प्रशासन कार्यालय सल्यानले सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको नेतृत्वमा यस घटना घट्नुको कारण पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।


आज दिउँसो भएको दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका -११निवासी ६० बर्षीय कमारो कामी र दार्मा गाउँपालिका-२ सल्यानका ३८ बर्षीय ओमपत खत्री रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले बताएको छ ।

आज जिल्ला प्रशासन कार्यालयले बनाएको छानबिन समिति ।

यसैगरी सोही दुर्घटनामा परि अन्य १५ जना घाईते भएका छन् । ति मध्ये केहिलाई उपचारकालागि कोहलपुर रेफर गरिएको  छ । अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनु भयो ।

लु २ ख ५७३१ नम्बरको यात्रु बहाक फोर्स गाडी आज दिउँसो  सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका – ३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटनामा परेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गाडी सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परेका घाइतेहरुको विवरणः
१.जि.सल्यान दार्मा १ तिन टाकुरा बस्ने बर्ष ३२ को ईन्द्र ब. के.सी.टाउको र दुबै खुट्टामा चोट अबस्था मध्यम ।

२.ऐ.ऐ. २ ठाना गाऊ बस्ने बर्ष ५० को थिर्मु खत्री टाउको र अनुहारमा चोट अबस्था मध्यम ।

३. जि.रुकुम पश्चिम सानिभेरी गा.पा. ११काडागाऊ बस्ने बर्ष २० को भुषाल बि.क. कम्मर र हातमा चोट अबस्था सामान्य ।

४.जि.सल्यान दार्मा गा.पा. २ ठानागाऊ बस्ने बर्ष ५५ को टिकाराम के.सी. अनुहार ढाडमा चोट अबस्था मध्यम ।

५.ऐ.ऐ.बस्ने बर्ष २५ को रमेश के.सी. टाउको र दुबै खुट्टामा चोट अबस्था मधयम ।

६.जि. रुकुम पश्चिम सानी भेरी गा.पा. ११ धनरा बस्ने बर्ष १८ को नबराज वली दुबै खुट्टामा र दाहिने हातमा चोट अबस्था मध्यम ।

७.ऐ.ऐ. बस्ने बर्ष २७ को सन्तोष वली अनुहार र दाहिने हातमा चोट अबस्था मध्यम । 

८.जि.सल्यान दार्मा गा.पा. १ भदाले खोला बस्ने बर्ष १७ को ललित वली कम्मर र बायाँ खुट्टामा चोट अबस्था सामान्य ।

९.ऐ.ऐ.बस्ने बर्ष १८ को मान ब. के.सी. टाउकोमा चोट अबस्था मध्यम ।

१०.जि.सल्यान सिद्दकुमाख गा.पा. २ ढोरचौर बस्ने बर्ष ३५ कि टिका बस्नेत टाउकोमा चोट अबस्थआ मध्यम ।

११.जि.सल्यान दार्मा गा.पा. चिनटाकुरा बस्ने बर्ष ४२ कि रिता के.सी. कम्मर र अनुहारमा चोट अबस्था सामान्य ।

१२. जि.रुकुम पश्चिम त्रीबेनी ८ पेउगा बस्ने बर्ष ५२ कि नौमति खड्का अनुहारमा चोट अबस्था मध्यम ।

१३.जि.सल्यान दार्मा गा.पा. १ बस्ने बर्ष ३१ को प्रेम प्रकाश चन्द अनुहारमा चोट अबस्था मध्यम ।

१४.जि. रुकुम फश्चिम सानीभेरी गा.पा. १ बस्ने बर्ष ५० को जय ब. वली अनुहारमा चोट अबस्था मध्यम ।

१५.जि.रुकुम पश्चिम चौरजहारी न.पा.लौरेपानि १४ बस्ने बर्ष ४२ बिमला राना टाउकोमा चोट अबस्था मध्यम ।

जसमध्ये मध्यम घाईते १२जना,सामान्य घाईते ३ जना रहेकोमा  ४ जना महिला बाहेक अन्य सबै घाइते पुरुष रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार, ,  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्