हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट अन्दाजी ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सन्तु जयसवालका अनुसार दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको छ । यस्तै ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। हाल घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । तस्बिर : नबिनराज पौडेल

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार, ,  १२ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्