हामी परिक्षण प्रसारणमा छौ




तुलसीपुर। दाङको तुलसीपुरमा सुविधा सम्पन्न महिला बन्दीगृह निर्माण गरिएको छ । ३ करोड ८८ लाख ७ हजार लागतमा १८ कोठे भवन निर्माण गरिएको तुलसीपुर कारागार शाखा प्रमुख चिन्तामणि रेग्मीले जानकारी दिनुभयो ।

२०८० भदौ १ गते भवनको निर्माण कार्य पुरा गर्ने गरि प्रशंसा कन्ट्रक्सनले २०७८ साउन २५ गते सम्झौता गरेको थियो । नव निर्मित भवनको उद्घाटन गर्दै दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले साँगुरो कोठामा बस्न बाध्य महिला कैदीबन्दीहरूलाई ठूलो राहत मिलेको बताउनुभयो । नव निर्मित भवनमा ८० जना कैदीहरू अटाउन सक्ने बताइएको छ ।

यस अघि तीन वटा कोठामा कोचाकोच गरेर बस्न बाध्य ४९ जना महिला कैदीबन्दी र उनिहरुका तीन जना बालबालिकाका बिहिबारदेखि नयाँ भवनमा सरेका छन् ।  तुलसीपुरमा हाल ४ सय ७७ पुरुष, ४९ जना महिला, ३ जना आश्रित बालबालिका, १४ जना विदेशी कैदीबन्दी रहेका छन् ।

भवन निर्माण भएपछि आफूहरू निकै खुशी भएको बताउँदै महिला कैदी नाइके रुक्सा राईले बसोबासका दृष्टिकोणले भाग्नु परेको समस्याबाट केही भएपनि राहत मिलेको बताउनुभयो ।  कारागारका नायब सुब्बा रम्बा केसीको स्वागत मन्तव्य सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण दोर्ण बहादुर वलीले गर्नुभएको थियो । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार, ,  ६ : ११ बजे

प्रतिक्रिया दिनुहोस्